नयनतारापछि रजनीकान्तको फिल्म ‘धर्मन’ मा श्रीलीलाको प्रवेश
Read the full story at Onlinekhabar (Nepali)

अभिनेता रजनीकान्त आफ्नो आगामी फिल्म ‘धर्मन’ का कारण चर्चामा छन् । केही दिनअघि अभिनेत्री नयनतारा पनि फिल्ममा जोडिएको खबर सार्वजनिक भएको थियो । अब अभिनेत्री श्रीलीला पनि फिल्मको कलाकार टोलीमा समावेश भएकी छिन् । उनले पहिलोपटक सुपरस्टार रजनीकान्तसँग पर्दा सेयर गर्नेछिन् । श्रीलीलाको हातमा अर्को ठूलो तमिल फिल्म परेको छ । उनी चाँडै रजनीकान्तको फिल्म ‘धर्मन’ मा देखिनेछिन् ।
फिल्मको निर्देशन अश्वथ मरिमुथुले गर्दैछन् । उनी ‘ओह माई कडवुले’ र ‘ड्रागन’ जस्ता फिल्मका लागि परिचित छन् । बुधबार, नोभेम्बर ४ मा कमल हासनको निर्माण संस्था राज कमल फिल्म्स इन्टरनेसनलले श्रीलीला फिल्ममा जोडिएको घोषणा गरेको हो । यससँगै उनले पहिलोपटक रजनीकान्तसँग पर्दा सेयर गर्ने भएकी छिन्। निर्माण संस्थाले श्रीलीलालाई स्वागत गर्दै एउटा भिडियो सार्वजनिक गरेको छ । भिडियोसँगै लेखिएको छ, ‘उनीमा चमक छ, उनीमा पटाकाजस्तो चमक छ ।
‘धर्मन’ मा सुन्दरी श्रीलीलालाई स्वागत छ । ’ फिल्ममा रजनीकान्त र श्रीलीलाका अलावा सिमरन, नयनतारा, योगी बाबु र राशि खन्नाको पनि महत्त्वपूर्ण भूमिका रहनेछ । ‘धर्मन’ अश्वथ मरिमुथुले रजनीकान्तलाई निर्देशन गर्न लागेको पहिलो फिल्म हो। फिल्मको पहिलो पोस्टरअनुसार रजनीकान्त डाक्टरको भूमिकामा देखिनेछन् । निर्माण पक्षले उनको पात्रलाई ‘केट्टा पायन’ अर्थात् खराब केटोको संज्ञा दिएको छ ।
More society
- तिहार र छठका लागि बससेवामा अग्रिम टिकट बुकिङ खुल्लाNepal Khabar
- Draft report on implementation of Labour Codes moots higher minimum wages, wider eligibility for bonusThe Hindu
- Can we deny caste on campus?The Hindu
- नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजीपी केसीThaha Khabar
- Philippine police find child sex abuse material on devices linked to Thomas MarkleSouth China Morning Post
- दिदीबहिनीका लागि तिहार महँगो, भाइमसलाको मूल्य अचाक्ली, पेस्ता किलोकै ४ हजार रुपैयाँBizmandu