राजनीतिNagarik News2 outlets covering
मामाघर आएका ६ वर्षीय बालकको नदीमा डुबेर ज्यान गयो
Read the full story at Nagarik News

राप्ती नदीमा डुबेर आज एक बालकको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका–६ गोलौरा निवासी खडकसिंह डाँगीका छ वर्षीय छोरा किशन डाँगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। राजपुर गाउँपालिका–७ हाटबासस्थित मामाको घरमा आएका बेला उनी आज बिहान ११ः०० बजे राप्ती नदीमा नुहाउने क्रममा डुबेका थिए।
नदीमा डुबेर अचेत भएका बालक किशनलाई लमही अस्पताल पुर्याइएको थियो। अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। मृतक बालकको शव हाल लमही अस्पतालमा राखिएको छ।
रासस
More politics
- एनपीएलमा आज जनकपुर र सुदूरपश्चिम भिड्दैNepal Khabar
- कालीमाटीमा च्याउको भाउ किलोमै १४१ रुपैयाँ बढ्योNepal Khabar
- विजया दशमीका दिन पोल्यान्डमा बितेका द्रोणको शव भाइटीकाका दिन नेपाल आइपुग्दैNepal Khabar
- गणेशमानको त्याग र आदर्शबाट कांग्रेसले पाठ सिक्नुपर्छ: प्रकाशमान सिंहNepal Khabar
- ‘पाँच पाण्डव’ हेरेपछि हिन्दु धर्मगुरुहरूले भने : ‘हिन्दु धर्मलाई ठेस पुग्ने केही कुरा रहेनछ’Nepal Khabar
- छठ मनाउन मधेस जाँदै गगन थापाNepal Khabar