भोटे कुकुर: भेडाबाख्राका रक्षक, गोठालाका सारथी
Read the full story at Onlinekhabar (Nepali)

२२ कात्तिक, म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङका हिमबहादुर छन्त्यालको गोठमा पाँच वटा कुकुर छन् । २० वर्ष संयुक्त अरब इमिरेट्स (यूएई) मा रोजगारी गरेर फर्किएका ५० वर्षीय छन्त्यालले आफ्नो फार्ममा रहेका ६०० भेडाबाख्राको सुरक्षाका लागि ‘भोटे कुकुर’ पालेका हुन्। म्याग्दी, मुस्ताङ र ढोरपाटन क्षेत्रका घुम्ती गोठमा पशुपालन गर्ने किसानका लागि कुकुर अनिवार्य सहयोगी बनेका छन् ।
सहरबजारमा सोख र सुरक्षाका लागि कुकुर पाल्ने चलन भए पनि विकट पहाडी तथा हिमाली क्षेत्रमा पशुधनको रक्षाका लागि कुकुर पाल्नु किसानको बाध्यता र आवश्यकता दुवै भएको धवलागिरि गाउँपालिका–४ सिम्कोशका भेडापालक कृषक आस्मान पुर्जाले बताए। उनका अनुसार यहाँका गोठालाले अग्लो शरीर, ३० किलोग्रामभन्दा बढी तौल र बलियो शारीरिक बनावट भएका कम्तीमा दुई वटा भोटे कुकुर पाल्ने गर्छन् । ‘देख्दै डरलाग्दा यी कुकुरले जङ्गली जनावरको चाल छिटो थाहा पाउने, गन्ध सुँघेर पत्ता लगाउने र खतराको सङ्केत गर्ने क्षमता राख्छन् । यस्ता कुकुरका छाउरा प्रतिगोटा रु १० हजारभन्दा बढी मूल्यमा बिक्री हुने गरेका छन्’, उनले भने।
अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका ८१ वर्षीय लालवीर तिलिजाले सात दशकदेखि भेडापालन गर्दै आएका छन् । उनका अनुभवमा कुकुरबिना सयौँ पशुचौपायाको रेखदेख गर्न गोठालालाई निकै कठिन हुन्छ ।
More politics
- Sugar supplies assured for Tihar, but LPG shortages persistKathmandu Post
- New Zealand preliminary vote leaves unclear who will governKathmandu Post
- Your guide to this week’s cultural events in Kathmandu ValleyKathmandu Post
- We’ve been best friends with dogs for thousands of years. Here’s how it beganKathmandu Post
- David Warner lifts TU as Kathmandu hand Lumbini their first defeat of the seasonKathmandu Post
- Rinku Thakur turned her fight against child marriage into a missionKathmandu Post