Skip to main content
स्वास्थ्यOnlinekhabar (Nepali)

डोल्पा अस्पतालमा छैन आईसीयू सेवा, उपचार अभावमा छटपटाउँदै बिरामी

Read the full story at Onlinekhabar (Nepali)

डोल्पा अस्पतालमा छैन आईसीयू सेवा, उपचार अभावमा छटपटाउँदै बिरामी

डोल्पा अस्पतालमा आईसीयू र भेन्टिलेटर सेवा छैन । अस्पतालमा ब्लड बैंकसमेत छैन । गम्भीर बिरामीलाई रगत आवश्यक पर्दा स्थानीयस्तरमै रक्तदाताको सहयोग लिनुपर्ने अवस्था छ । २२ कात्तिक, काठमाडौं । डोल्पा जिल्ला अस्पतालको बेड नम्बर ६ मा ६९ वर्षीय नरबहादुर बुढा छटपटाइरहेका छन् । लामो–लामो श्वास तानिरहेका बुढाको मुटुको चाल असामान्य गतिमा चलिरहेको छ । नाकमा अक्सिजनको पाइप जोडिएको छ ।

शरीर शिथिल भएको छ । बेडको छेउमा उनकी श्रीमती उभिइरहेकी छन्, श्रीमान्‌लाई सञ्चो हुने आशामा । नरबहादुरको अवस्था असामान्य छ । उनलाई तत्काल सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गर्नुपर्ने चिकित्सकहरू बताउँछन् । तर, उनी भर्ना भएको डोल्पा जिल्ला अस्पतालमा आईसीयू सेवा नै छैन । काइके गाउँपालिकाका नरबहादुरलाई केही दिनअघि दिसासँगै रगत देखिएको थियो । त्यसपछि शरीरका विभिन्न भाग सुन्निन थाले ।

स्वास्थ्य अवस्था थप बिग्रिँदै गएपछि परिवारले उनलाई अस्पताल पुर्‍याउने निर्णय गर्‍यो । उपचारमा संलग्न चिकित्सकका अनुसार नरबहादुरको शरीरमा रगतको मात्रा निकै कम छ । प्रारम्भिक परीक्षणमा मिर्गौला र कलेजोमा समेत समस्या देखिएको छ । ‘उहाँलाई आईसीयूमा राखेर उपचार गर्नु पर्नेछ । तर यहाँ सेवा छैन,’ अस्पताल प्रमुख डा. राजकुमार भुजेल भन्छन्, ‘हारगुहार गरेर रगत जोहो गर्दै सकेको उपचार गरिरहेका छौँ ।